Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकाले गर्‍यो सुडानमाथि प्रतिबन्धको घोषणा

रासायनिक हतियार प्रयोग गरेको भन्दै अमेरिकाले गर्‍यो सुडानमाथि प्रतिबन्धको घोषणा

आइतवार , आषाढ १५, २०८२

एजेन्सी । सुडानको रक्तपातपूर्ण गृहयुद्धमा खार्तुमको सेनाले रासायनिक हतियारको प्रयोग गरेको भन्दै सुडान सरकारमाथि अमेरिकाले प्रतिबन्ध लागू भएको घोषणा गरेको छ ।

अमेरिकी सरकारले फेडरल रजिस्टरमा प्रकाशित गरेको सूचना अनुसार अमेरिकी निर्यात, हातहतियार बिक्री र खार्तूममा सरकारलाई आर्थिक सहायतामा लगाइएको प्रतिबन्ध कम्तीमा एक वर्षका लागि कायम रहने भएको हो ।

प्रतिबन्धअन्तर्गत सुडानलाई अत्यावश्यक मानवीय सहायता र खाद्यान्न, कृषिजन्य वस्तु र उत्पादनबाहेक अरू सहायता बन्द गरिने अमेरिकाले जनाएको छ । यद्यपि, केही सुविधामा आंशिक रूपमा माफी गरिने सूचनामा उल्लेख छ ।

न्युयोर्क टाइम्सले जनवरीमा सुडानको सेनाले अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) सँगको युद्धमा दुर्गम क्षेत्रमा कम्तीमा दुई पटक रासायनिक हतियार प्रयोग गरेको उल्लेख गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077