Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एकै सातामा ८८ हजार अफगानी इरानबाट स्वदेश फिर्ता

एकै सातामा ८८ हजार अफगानी इरानबाट स्वदेश फिर्ता

आइतवार , आषाढ १५, २०८२

एजेन्सी । इरानबाट एकै सातामा ८८ हजारभन्दा बढी कागजातविहीन अफगानी आप्रवासीलाई देश निकाला गरिएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को जुन २८ को अपडेटअनुसार जुन १८ देखि जुन २६ सम्म कुल ८८ हजार ३०८ जना कागजातविहीन अफगानी नागरिकलाई इरानबाट जबर्जस्ती अफगानिस्तान फर्काइएको हो ।

तीमध्ये ११ प्रतिशतले मात्र स्रोतको सीमितताका कारण मानवीय सहायता प्राप्त गरेको उल्लेख गर्दै अति जोखिममा रहेकाहरूको आधारभूत आवश्यकता पूरा गर्न तत्काल अन्तर्राष्ट्रिय कोषको माग गरेको छ ।

यस अवधिमा स्वदेश फर्केकामध्ये ५५ प्रतिशतलाई जबर्जस्ती देश निकाला गरिएको र ६४ प्रतिशत परिवारको रूपमा यात्रा गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077