एजेन्सी । इरानले परमाणु वार्ता गर्नुअघि अमेरिकाले पुनः आक्रमण नगर्ने प्रतिबद्धता जनाउनुपर्ने अडान लिएको छ ।
अमेरिकाले कूटनीतिक वार्ता पुनः सुरु गर्दै इरानसँग परमाणु समस्या समाधान गर्न चाहेको हो भने उसले इरानमा थप हमलाहरू नगर्ने प्रतिबद्धता जनाउनु पर्ने इरानले प्रस्ताव अघि सारेको हो ।
इरानका उपविदेशमन्त्री मजिद तख्त–रवान्छीले ट्रम्प प्रशासनले मध्यस्थकर्ताहरूमार्फत इरानलाई वार्तामा फर्कन चाहेको बताए पनि वार्ता चलिरहँदा थप हमलाहरूको बारेका महत्वपूर्ण प्रश्नमा आफ्नो अडान स्पष्ट नगरेको बताए ।
इजरायलको जुन १३ मा इरानबिरुद्ध सैन्य कारबाही सुरू गरेको थियो । यसका कारण दुई दिनपछि मस्कटमा हुने भनिएको छैटौँ चरणको अप्रत्यक्ष परमाणु वार्ता विफल भएको थियो ।