Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोलेर चुनौती दिने एलन मस्कको चेतावनी

डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोलेर चुनौती दिने एलन मस्कको चेतावनी

मंगलवार , आषाढ १७, २०८२

एजेन्सी । अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नयाँ पार्टी खोल्ने चेतावनी दिएका छन् ।

बृहत खर्च विधेयकु पारित गरिएको भोलिपल्ट अमेरिका पार्टी नामक नयाँ दल खोल्ने उनले चेतावनी दिएका हुन् । उनले राष्ट्रपति ट्रम्प उनको पार्टी रिपब्लिकन नेतृत्वप्रति उक्त चेतावनी जारी गरेको बुझिएको छ ।

'सरकारी खर्च घटाउने नारा लगाउने अनि इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धिको पक्षमा मतदान गर्ने ? यस्ता सांसदहरूलाई लाज हुनुपर्छ । यदि यो पृथ्वीमा मैले गर्ने अन्तिम काम पनि हो भने, म नयाँ पार्टी खोलेर उनीहरूलाई अर्को निर्वाचनमा हराउन लाग्नेछु',मस्कले एक्समा भनेका छन्।

मस्कको यो प्रतिक्रिया सिनेटमा राष्ट्रपति ट्रम्पद्वारा प्रवर्तित विवादास्पद आर्थिक विधेयकमाथिको अन्तिम मतदानको पूर्वसन्ध्यामा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077