एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर ‘एलिगेटर अल्कत्राज’ को भ्रमण गरेका छन् ।
उनले फ्लोरिडा भ्रमणको क्रममा भने, ‘धम्की दिने ग्रहकै दुष्ट व्यक्तिहरूको यो एउटा घर हो ।’
राष्ट्रपति ट्रम्पले बनाउने सो जेलको वरपर थुप्रै जङ्गली जनावर रहने छन् । यस कारण कोही पनि भागेर जान सक्ने अवस्था छैन ।
अहिले तयार भएको जेलमा तीन हजार बन्दी राख्ने क्षमता भएको उल्लेख गरिएको छ। त्यसको नजिकै अर्को जेल तयार गरिँदै छ ।