Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आफ्नो उत्तराधिकारी हुने तिब्बती धर्मगुरु दलाई लामाको घोषणा

आफ्नो उत्तराधिकारी हुने तिब्बती धर्मगुरु दलाई लामाको घोषणा

बुधवार , आषाढ १८, २०८२

एजेन्सी । तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आफ्नो उत्तराधिकारी हुने घोषणा गरेका छन् ।

उत्तर भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका दलाई लामाले भिडियो सन्देश जारी गर्दै धर्मगुरु छनोट गर्ने परम्परा आफ्नो निधनपछि पनि जारी रहने जानकारी दिएका हुन् ।

उनले आफ्नो भावी पुनरअवतार पहिचान गर्ने प्रक्रिया केवल फोड्राङ् ट्रस्टसँग रहने बताए । यो ट्रस्टको स्थापना उन आफैँले गरेका हुन् ।

चीनले तिब्बतमा प्रभाव राख्न आफ्नै उम्मेदवार छनोट गर्ने कोशिश गर्ला भन्ने चिन्ताका माझ दलाई लामाको यो घोषणा आएको हो ।

मार्चमा प्रकाशित आफ्नो पुस्तक ‘भ्वाइस फर द भ्वाइसलेस’ मा दलाई लामाले उत्तराधिकारी चीनबाहिर जन्मिने सम्भावना पनि रहेको बताए । यो टिप्पणीले गर्दा चीन क्रुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077