एजेन्सी । अमेरिका र रुसबीच चलिरहेको युद्धको बीचमा अमेरिकाले युक्रेनलाई दिइने केही हतियार सहायता रोकेको छ ।
व्हाइट हाउसकी प्रवक्ता एना केलीले यो निर्णय अमेरिकी राष्ट्रिय हितलाई प्राथमिकता दिने उद्देश्यले गरिएको जानकारी दिइन् ।
अमेरिकी रक्षा विभागले अरू देशहरूलाई दिइने सैन्य सहायता र सहकार्यको समीक्षा गरेपछि पछिल्लो कदम चालिएको भनेको छ ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका युक्रेनलाई अर्बौं डलर बराबरको सैन्य सहायता दिँदै आएको छ ।
तर पछिल्लो समयमा ट्रम्प प्रशासनभित्र केही अधिकारीहरूले अमेरिकी सैन्य भण्डारण कमजोर हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए ।