Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शेख हसिनालाई ६ महिनाको जेल सजाय

शेख हसिनालाई ६ महिनाको जेल सजाय

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ ।

बंगलादेशमा तत्कालीन सरकारविरुद्धको विरोध प्रदर्शनपछि गत वर्ष जुलाईमा शेख हसिनाले सत्ता छाडेकी थिइन् । त्यसपछि शेख हसिनालाई सजाय सुनाइएको यो पहिलो पटक हो ।

मुद्दाका अर्का अभियुक्त शकील अकन्द बुलबुललाई दुई महिनाको जेल सजाय सुनाइएको छ ।

प्रमुख अभियोजक ताजुल इस्लामले पत्रकार सम्मेलनमा भने, 'यो सजाय उनले (शेख हसिना) आत्मसमर्पण गरेको दिनदेखि वा प्रहरीले उनलाई पक्राउ गरेको दिनदेखि लागू हुनेछ।'

यसअघि प्रमुख अभियोजक ताजुल इस्लामले शेख हसिनाविरुद्ध अदालतको अवहेलनाको उजुरी दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077