एजेन्सी । उत्तर कोरियाले युक्रेनसँग लड्न रुसका लागि आफ्ना सैनिकहरूको संख्या पठाउने तयारी गरेको छ ।
मस्कोलाई सहयोग गर्न थप २५ देखि ३० हजार सैनिक पठाउने उत्तर कोरियाले तयारी गरिरहेको हो ।
यी सैनिकहरू आगामी महिनामा रूस पुग्ने बताइएको छ ।
गत नोभेम्बरमा पठाइएका ११ हजार सैनिकहरूले रूसको कुस्र्क क्षेत्रमा युक्रेनको आक्रमण रोक्न सहयोग गरेका थिए ।
पश्चिमी अधिकारीहरूका अनुसार, तीमध्ये करिब चार हजार उत्तर कोरियाली सैनिक मारिएका छन् ।