काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्न लागेको हो ।
बैठकमा कुलिङ पिरियडमा भइरहेको विवाद र संसद्मा आफ्नो पार्टीले गर्दै आएको विरोधको बारेमा पनि छलफल हुने बताइएको छ ।
साथै बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, रुपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचन सम्बन्धमा छलफल हुनेछ । रुपन्देही क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते उपनिर्वाचन तोकिएको छ ।
रूपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएपछि रिक्त स्थानमा चुनाव हुन लागेको हो ।