Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

बिहिवार , आषाढ १९, २०८२

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश जारी गरेको छ ।

साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगैं पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो ।

बहसपछि इजलासले २५ हजार धरौटी माग गर्ने आदेश गरेको हो ।

युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले पाठकविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो ।
उच्च अदालतले ५ असारमा पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

पक्राउ गर्न नपाएपछि साइबर ब्यूरोले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077