Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डोनाल्ड ट्रम्प भन्छन् - गाजाबासीका लागि सुरक्षा चाहेको छु

डोनाल्ड ट्रम्प भन्छन् - गाजाबासीका लागि सुरक्षा चाहेको छु

शुक्रवार , आषाढ २०, २०८२

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजावासीका लागि सुरक्षा चाहेको बताएका छन् ।

उनले अर्को हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई भेट्दै युद्धविरामका लागि दबाब दिने बताएका हुन् ।

हमासले अमेरिकी प्रस्तावित नयाँ युद्धविराम योजनाले युद्धको अन्त्य सुनिश्चित गर्ने ग्यारेन्टी खोजिरहेको खबरमा उल्लेख छ ।

गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीवार मात्रै इजरायली आक्रमणमा गाजामा कम्तिमा एक सय जनाको ज्यान गएको छ ।

अहिलेसम्म इजरायलको आक्रमणबाट झन्डै ६० हजार जनाको ज्यान गइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077