Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शिकागोमा नाइटक्लब बाहिर गोलाबारी हुँदा चार जनाको मृत्यु

शिकागोमा नाइटक्लब बाहिर गोलाबारी हुँदा चार जनाको मृत्यु

शुक्रवार , आषाढ २०, २०८२

एजेन्सी । अमेरिकाको शिकागोको एक नाइटक्लब बाहिर गोलाबारी भएको छ । जसमा चारजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

शिकागोको प्रहरीका अनुसार बुधबार राति स्थानीय समयअनुसार करिब ११ बजे एउटा गाडी क्लबनजिकैबाट गइरहेका बेला त्यसमा सवार बन्दुकधारीहरूले बाहिर रहेका मानिसहरूमाथि गोली चलाएका थिए ।

प्रहरीका अनुसार २४ र २५ वर्षका दुई पुरुष र २६ र २७ वर्षका दुई महिलाको मृत्यु भएको छ ।

सीबीएसन्यूजका अनुसार र्‍यापर मेलो बकजको एल्बम रिलिज पार्टीपछि नाइट क्लबबाट मानिसहरूको भीड बाहिर निस्किरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077