काठमाडौं । राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले पार्टीले फिर्ता बोलाए सभापति छोड्ने बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका खतिवडाले पार्टीको जारी केन्द्रीय समिति बैठकमा शुक्रबार यस्तो बताएका हुन् ।
उनले संसदीय समितिको सभापतिबाट पार्टीले राजीनामा दिन भनेमा आफू तयार रहेको बताए ।
‘निजामती कर्मचारीसम्बन्धी विधेयकको कुलिङ अफ पिरियडको विषयमा मेरो गल्ती र कमजोरी छैन । पार्टीले पनि गल्ती र कमजोरी छ भने म सभापति पद छोड्न तयार छु,’ खतिवडाले भने, ‘पार्टी सबैको हो । सभापतिलाई दोष दिने, कसैले महामन्त्रीलाई खुइल्याउने, अरु नेतालाई तथानाम भन्ने प्रवृत्ति भइरहे पार्टी कसरी बलियो हुन्छ ?
पार्टीमा पद्धति बसाल्ने हो भने केन्द्रीय समितिमा सभापति, महामन्त्री र अन्य नेतालाई आरोपित गर्ने काम बन्द गर्न उनले आग्रह गरे ।