Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

तालिबान सरकारलाई मान्यता दिने पहिलो देश बन्यो रुस

तालिबान सरकारलाई मान्यता दिने पहिलो देश बन्यो रुस

शुक्रवार , आषाढ २०, २०८२

एजेन्सी । रुसले अफगानिस्तानको तालिबान नेतृत्वको सरकारलाई औपचारिक मान्यता दिएको छ । योसँगै रुस तालिबानको सत्तालाई मान्यता दिने विश्वको पहिलो देश बनेको छ ।

रुसको निर्णयलाई अफगानिस्तानका विदेशमन्त्री आमिर खान मुत्ताकीले साहसपूर्ण भनेका छन् ।

काबुलमा रहेका रुसी राजदूत डिमित्री झिर्नोभले तालिबान सरकारलाई मान्यता दिने निर्णयबारे जानकारी गराएको बताइएको छ ।

सन् २०२१ को अगस्टमा सत्तामा पुनर्स्थापित भएयता तालिबानले अन्तर्राष्ट्रिय मान्यता तथा लगानीका निम्ति कोशिश गरिरहेको छ । तर अफगानिस्तानमा मानव अधिकार हनन निरन्तर भइरहेका कारण तालिबानले मान्यता पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077