Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य, सिंगापुर ११३ रनमा 'अलआउट' !

उपाधि जित्न नेपाललाई सामान्य लक्ष्य, सिंगापुर ११३ रनमा 'अलआउट' !

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । एसीसी यू-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरले नेपाललाई ११४ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियाको युकेएम वाइएसटी ओभलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको सिंगापुर ४०.५ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो ।

सिंगापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। उनले ८४ बल खेल्दै दुई चौका प्रहार गरे। कप्तान रियान‌ नैकले १५ रन बनाए। अन्तिम विकेटका लागि क्रिजमा आएका वेदांश गुप्ता १२ रनमा अविजित रहे।

आकाश तेजा १० रनमा अन्तिम विकेटको रूपमा खनालको बलमा बोल्ड भए। सिंगापुरका लागि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । अन्तिम विकेटका लागि आकाश तेजा र वेदांस गुप्ताले२५ रनको साझेदारी गरे ।

नेपालका लागि सुशील बहादुर रावल र अभय यादवले समान ३/३ विकेट लिए । शुभम खनालले २ विकेट लिए। कप्तान विपिन प्रसाद शर्माले एक विकेट लिए। ‌

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077