Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि, सिंगापुर २ विकेटले पराजित

नेपालले जित्यो यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि, सिंगापुर २ विकेटले पराजित

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियामा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्‍यो । नेपालका लागि जोय थापाले सर्वाधिक अविजित २४ रन बनाए । ९२ रनमा ८ विकेट गुमाएको नेपाललाई थापाले जिततर्फ दोहोर्‍याएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रनमा अलआउट भएको थियो । सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए ।

बलिङमा नेपालका अभय यादव र सुशील बहादुर रावलले समान ३/३ विकेट लिए । कप्तान विपिन शर्मा एक र शुभम खनालले २ विकेट लिए ।

नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो । सिंगापुर समूह चरणमा पनि नेपालसँग पराजित भएको थियो ।

नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो । त्यसअघि एसीसीले यू(१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077