Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अमेरिकाको टेक्सासमा आपतकाल घोषणा

अमेरिकाको टेक्सासमा आपतकाल घोषणा

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । अमेरिकाको टेक्सासमा बाढीका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । शुक्रबार बिहानदेखि आएको विनासकारी बाढीमा २४ जनाको मृत्यु भएको र यो संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले उल्लेख गरेको छ ।

बाढीका कारण टेक्सासका कयौं क्षेत्रमा आपतकाल घोषणा गरिएको छ भने सडक सञ्जाल र टेलिफोन नेटवर्क बिच्छेद्‌ भएको छ ।

टेक्सासको ग्वाडालुपे नदी आसपासका क्षेत्रमा शुक्रबार विहानदेखिको भारी वर्षा हुँदा बाढी आएको गार्जिएनले जनाएको छ । अचानकको भारी वर्षाले नदीको सतह झन्डै ४५ मिनेटमै २६ फिट ९७।९ मिटर० बढेको अधिकारीहरुले बताएका छन् ।

बाढीका कारण बेपत्ता भएकाहरु नभेटिएसम्म उद्धार कार्य जारी रहने अधिकारीहरुले बताएका छन् । टेक्सास मिलिटरी डिपार्टमेन्टका मेजर जनरल थोमस एम सुएल्जरका अनुसार शुक्रबार रातिसम्म २३७ जना भन्दा बढीको उद्धार गरिएको छ । अधिकांशलाई हेलिकोप्टरको सहायताले उद्धार गरिएको उनले बताए ।

बाढीका कारण ग्वाडालुपे नदी किनारमा अवस्थित छात्रा आवास क्रिस्चियन समर क्याम्पका २३ देखि २५ जना हराइरहेका छन् । यो क्याम्प सान एन्टोनियादेखि उत्तर–पश्चिम १०५ किलोमिटरको दूरीमा पर्छ ।

टेक्सासका अधिकारीहरुका अनुसार कर काउन्टीमा १४ वटा हेलिकोप्टर, १२ वटा ड्रोन र ५०० भन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरी उद्धार कार्य चलिरहेको छ ।

बाढीमा फसेका केही वयस्क र बालिबालिकाहरुलाई रुखबाट समेत उद्धार गरिएको थियो । टेक्सास गभर्नर ग्रेग एबटले घटनालगत्तै शनिबारमा उद्धार कार्य जारी रहेको बताएका छन् ।

केर काउन्टीमा आएको बाढीका कारण २५ भन्दा बढी बालबालिका सम्पर्कविहीन रहेका छन् । मृतकको संख्या अझ बढ्नसक्ने काउन्टीका प्रहरी अधिकारी लेरी एल. लाइथाले बताइन् ।

यसैबीच, कार्यवाहक गभर्नर ड्यान प्याट्रिकले केर काउन्टीस्थित क्याम्प मिस्टिक नामक बालिका शिविरमा २३ देखि २५ बालिका सम्पर्कविहीन रहेको बताएका छन् ।

अहिलेसम्म २३७ जनाको उद्धार गरिसकिएको समाचारमा उल्लेख छ । धेरै स्थानमा आकस्मिक बाढीको घोषणा गरिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गभर्नर एबटसँग मिलेर सरकार बाढीपीडितहरुको उद्धार तथा राहत कार्यमा जुटेको बताएका छन् । ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरुसँग कुरा गर्दै भनेका छन्–‘हामी उनीहकरुको हेरचाह गर्छौं ।’ उनले बाढीलाई ‘डरलाग्दो र आश्चर्यजनक’ भनेका छन् ।

स्थानीय समय अनुसार बिहान ४।०३ बजे केर काउन्टीमा अचानक बाढीको आपतकालीन चेतावनी जारी गरिएको थियो, त्यसपछि बिहान ५।३४ बजे केरभिलमा ‘विशेष गरी खतरनाक अवस्था’ चेतावनी जारी गरिएको थियो। एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077