मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलले जनताले अनुभूति गर्नेगरी मुलुकको समग्र पक्षको विकास गर्नुपर्ने बताएका छन् ।
राप्रपा विराटनगर नगर समितिको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले राप्रपाको नेतृत्वमा मात्र जनताले अनुभूति गर्ने किसिमको मुलुकको सम्पूर्ण विकास सम्भव रहेको धारणा राखे ।
जनताको मतद्वारा राप्रपाको नेतृत्वमा सरकार निर्माण गरी मुलुकको विकासका साथै पार्टीको एजेण्डालाई कार्यान्वयन गरिने उनले प्रष्ट पारे ।
उनले पार्टीको सङ्गठन सहरदेखि गाउँसम्म निर्माण गरी जनताको समस्या समाधानतर्फ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।