काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षित गति लिन नसकेको बताएका छन् ।
शनिबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सरकारले गति लिन नसकेको बताएका हुन् ।
कांग्रेसले सरकारलाई दुवै काँध दिएर पूर्ण समर्थन गर्दा पनि कार्यसम्पादन सुस्त रहेको उनले बताए ।
‘कांग्रेसले एउटा मात्रै काँध होइन, दुईवटै काँध थापिदिएको छ। तर, सरकारले भनेजस्तो गति पक्रिन नसकेको कुरा मैले ढाकाछोप गर्न सक्दिनँ। गति पक्रिन सकेको छैन,’ उनले भने ।
यद्यपि, विश्वकर्माले कांग्रेस तत्काल सरकार परिवर्तनको पक्षमा नरहेको स्पष्ट पारे।