Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा नेपाल ३–१ गोलले पछाडि

उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा नेपाल ३–१ गोलले पछाडि

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’ अन्तर्गतको उज्बेकिस्तानसँगको खेलमा पहिलो हाफमा नेपाल ३–१ ले पछाडि परेको छ ।

उज्बेकिस्तानको टोलीले ४० औं मिनेटमा पेनाल्टी मार्फत तेस्रो गोल गरेको हो । यसअघि नेपालकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले २५ औं मिनेटमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याएकी थिइन् ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै उज्बेकिस्तानले गोल गरेको थियो । त्यस्तै खेलको ११ औं मिनेटमा उज्बेकिस्तानले दोस्रो गोल थप्यो ।

यस्तै नेपालसँगको खेलमा उज्बेकिस्तानकी खेलाडीले रेड कार्ड पाएर मैदान छाडेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077