Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

महिला एसियन कप छनोटबाटै बाहिरियो नेपाल

महिला एसियन कप छनोटबाटै बाहिरियो नेपाल

शनिवार , आषाढ २१, २०८२

काठमाडौं । टाइब्रेकरमा उज्वेकिस्तानसँग पराजित हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी एसियन कप छनोट चरणबाटै बाहिरिएको छ ।

निर्धारित समयमा ३–३ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।

 छनोट खेल अन्तर्गत समूह एफको अन्तिम खेलमा निर्धारित खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा पुगेको थियो जहाँ नेपाल ४-२ ले पराजित भयो ।

नेपालका लागि गिता राना, सविता रानामगरको प्रहार सफल भयो। कप्तान सावित्रा भण्डारी साम्बा र गोलरक्षक अञ्जना राना मगरको प्रहार विफल भयो।

पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल थप्दै खेललाई बराबरीमा ल्याएको थियो। साम्बाले ह्याट्रिक पूरा गर्दा नेपाल ३–३ को स्थितीमा आएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077