Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

अर्बपति व्यापारी मस्कले घोषणा गरे ‘अमेरिका पार्टी’ !

अर्बपति व्यापारी मस्कले घोषणा गरे ‘अमेरिका पार्टी’ !

आइतवार , आषाढ २२, २०८२

एजेन्सी । अमेरिकी अर्बपति व्यापारी एलोन मस्कले नयाँ राजनीतिक दल गठन गरेका छन् ।

उनले शनिबार आफ्नो दलको नाम ‘अमेरिका पार्टी’ राखेका हुन् । उनले लेखेका छन्, ‘आज अमेरिका पार्टी गठन हुँदैछ ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहोस्।’ उनले यस सम्बन्धमा एक्समा सार्वजनिक सर्वेक्षण पनि गरेका थिए।

मस्कले आफ्नो सन्देशमा भने, ‘तपाईंहरूमध्ये ६६ प्रतिशतले नयाँ राजनीतिक दल चाहनुहुन्छ, अब तपाईंले त्यो पाउनुहुनेछ। अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचार गर्ने सन्दर्भमा अमेरिकाका दुवै (रिपब्लिकन र डेमोक्र्याटिक) दल समान छन्।’

नयाँ पार्टीले अमेरिकीलाई स्वतन्त्रता फिर्ता दिने पनि उनले जिकिर गरेका छन् । नयाँ पार्टीले केवल दुई वा तीन सिनेट सिट र आठदेखि १० हाउस जिल्लामा ध्यानकेन्द्रित गर्न सक्ने उनले बताए ।

मस्क र राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ‘बिग ब्युटिफुल बिल’ लाई लिएर चर्को बहस भएको थियो। त्यसपछि मस्कले आफूलाई ट्रम्प प्रशासनबाट बिदा भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077