Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

टेक्सस बाढीमा मृत्यु हुनेको संख्या ५० पुग्यो, २७ किशोरी बेपत्ता

टेक्सस बाढीमा मृत्यु हुनेको संख्या ५० पुग्यो, २७ किशोरी बेपत्ता

आइतवार , आषाढ २२, २०८२

एजेन्सी । अमेरिकाको टेक्ससमा ‘आकस्मिक’ बाढीमा परी मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ ।

केर काउन्टीमा मात्र ४३ जनाको मृत्यु भएको छ भने ट्राभिसमा चार र बर्नेट काउन्टीमा तीन जनाको मृत्यु भएको हो ।

ज्यान गुमाएका मध्ये १५ बालबालिका हुन् । बाढीबाट केर काउन्टीमा २८ वयस्क र १५ बालबालिकाको मृत्यु भएको त्यहाँकी प्रहरी अधिकारी ल्यारी एल लिथाले बताइन् ।

त्यहाँ बेपत्ता रहेकामा २७ किशोरी पनि छन् । उनीहरू एक ग्रीष्मकालीन शिविरमा सहभागी थिए ।

प्रहरी अधिकारी लिथाले सबै मानिस नभेटिएसम्म खोजी अभियान जारी राखिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077