Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ट्रम्पसँगको विवादपछि उनैलाई टक्कर दिन एलन मस्कले खोले नयाँ पार्टी

ट्रम्पसँगको विवादपछि उनैलाई टक्कर दिन एलन मस्कले खोले नयाँ पार्टी

आइतवार , आषाढ २२, २०८२

अमेरिका । अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक डोनाल्ड ट्रम्पलाई जिताउन महत्वपूर्ण भूमिका निभाएका अर्बपति एलन मस्कले उनै ट्रम्पलाई टक्कर दिन नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन्।

ट्रम्पसँगको सम्बन्ध बिग्रिएको केही हप्तापछि आज सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले ‘अमेरिका पार्टी’ स्थापना गरेको घोषणा गरेका हुन्।

यसले अमेरिकाको द्विदलीय राजनीतिक दल रिपब्लिकन र डेमोक्रेटिकलाई चुनौती दिनेछ।

यद्यपि,यो पार्टी औपचारिकरूपमा अमेरिकी निर्वाचन प्राधिकरणमा दर्ता भएको छ कि छैन भन्ने कुरा अझै स्पष्ट छैन।

मस्कले पार्टीको रूप कस्तो हुनेछ र पार्टीको नेतृत्व कसले गर्नेछ भन्ने बारेमा पनि कुनै जानकारी दिएका छैनन्।

ट्रम्पसँगको सार्वजनिक विवादपछि मस्कले पार्टी खोल्ने मनस्थिति बनाएका थिए। शनिबारसम्म,संघीय निर्वाचन आयोगले कुनै पनि दल औपचारिक रूपमा दर्ता भएको संकेत गर्ने कुनै पनि जानकारी प्रकाशित गरेको छैन।

२०२४ को चुनावमा एलोन मस्क ट्रम्पका प्रमुख समर्थक थिए र उनको जित सुनिश्चित गर्न २५ करोड डलर दान गरेका थिए।

ट्रम्पले मस्कलाई सरकारी दक्षता विभाग अर्थात् खर्च न्यूनीकरण विभागको प्रमुखको रूपमा नियुक्त गरेका थिए। यसको काम बजेटमा कटौती पहिचान गर्नु थियो।

ट्रम्प प्रशासन छोडेपछि उनीहरूबीच विवाद सुरू भएको थियो। मस्कले ट्रम्पको कर र खर्च योजनाको सार्वजनिक रूपमा आलोचना गरेका थिए।

एक साता अघि अमेरिकाका राष्ट्रपति ट्रम्पले टेस्लाका सीईओ मस्कविरुद्ध आक्रोश पोख्दै ‘यदि मस्कलाई दिइने अनुदान रोकियो भने उनले आफ्नो पसल (कम्पनी) बन्द गर्नुपर्नेछ र दक्षिण अफ्रिका फर्कनु पर्नेछ।’ भन्दै चेतावनी दिएका थिए ।

ट्रम्पले लेखेका थिए–‘अनुदान रोकिएपछि न त टेस्लाले विद्युतीय कार उत्पादन गर्न सक्नेछ, न त स्पेसएक्सको रकेट, उपग्रह प्रक्षेपण हुनेछ।’

ट्रम्पको दाबीअनुसार मस्कले सरकारी अनुदानका रूपमा यति धेरै पैसा प्राप्त गरेका छन्, जुन सम्भवतः अरू कसैले पाएका छैनन्।

अमेरिकी संसदं‌को माथिल्लो सदन सिनेटले असार १७ गते मंगलबार कर र खर्च विधेयक पारित गरेको थियो।

अमेरिकाको सरकारी दक्षता विभाग (डज) को नेतृत्वबाट बाहिरिएपछि मस्कले त्यही विधेयकको आलोचना गर्दा यसअघि पनि ट्रम्पसँग सामाजिक सञ्जालमा भनाभन परेको थियो।

तर बीचमा मस्कले माफी मागेपछि वाकयुद्ध रोकिएको थियो। तर, अहिले भने वार कि पार कै युद्ध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077