Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा नेपाल यथावत्

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । नेपाल आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा यथावत् रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७औं स्थानमा यथावत् छ ।

वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्रै सुधार गरेका छन् । पाकिस्तान चौथो स्थानमा उक्लिएको छ ।

यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो । श्रीलङ्का भने एक स्थान तल झर्दै पाँचौं स्थानमा पुगेको छ ।

बङ्गलादेश एक स्थान सुधार गर्दै नवौं स्थानमा आइपुगेको छ । वेस्ट इन्डिज भने १०औं स्थानमा झरेको छ । अन्य टोली १६ टोली वरीयतामा यथास्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077