Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

देशभर सुनचाँदीको कारोबार ठप्प

देशभर सुनचाँदीको कारोबार ठप्प

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । देशभर सुनचाँदीको कारोबार ठप्प पारेर व्यवसायीहरू आन्दोलनमा होमिएका छन् ।

आगामी आर्थिक वर्षको बजेट मार्फत सुनमा लगाइएको विलासी कर हटाउनु पर्ने माग राख्दै सुनचाँदी व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले बजेट मार्फत सुनमा २ प्रतिशत विलासिता कर र हिरा तथा पत्थरमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेको छ ।

यो व्यवस्था हटाउन माग गर्दै व्यवसायीहरूले अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटेका थिए । उनीहरूको माग सम्बोधन नभएपछि व्यवसायी पसल बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।

नेपाली बजारका लागि सुनचाँदीको मूल्य तोक्ने अधिकार पाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले पनि नयाँ मूल्यसूची सार्वजनिक गरेको छैन ।

पछिल्लो पटक गत बिहीबार महासङ्घले मूल्य सार्वजनिक गरेको थियो । त्यसयता सुनचाँदीको मूल्य सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077