Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

स्वदेश फर्कियो महिला फुटबल टोली

स्वदेश फर्कियो महिला फुटबल टोली

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली स्वदेश फर्किएको छ । प्रतियोगिताका तीन खेलपछि नेपाली महिला टोली आज स्वदेश फर्किएको हो।

नेपाली टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थागत गरे।

उज्वेकिस्तानमा भएको प्रतियोगिताअन्तर्गत समूह एफ मा दुई खेलमा जित निकाले पनि अन्तिम खेलमा हार बेहोरेसँगै नेपालको एसियन कपमा छनोट हुन सकेन। निर्णायक मानिएको अन्तिम खेलमा नेपाल लाओससँग निर्धारित समयमा ३–३ को बराबरीमा रोके पनि पेनाल्टीमा भने ४–२ को गोलअन्तरले पराजित भयो।

स्वागत गर्दै एन्फाका महासचिव किरण राईले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको र अपराजित रहँदै फर्केको बताए । साथै राईले टेक्निकल्ली मात्र पेनाल्टीमा पराजित हुँदा एसियन कपमा पुग्न नसक्दा दुस्ख लागेको बताए ।

त्यस्तै यसै छनोटबाट नेपालको कप्तान नियुक्त भएकी सावित्रा भण्डारी ‘साम्बा’ले अवसरलाई सही तरिकाले सदुपयोग गरेको बताइन् । उनले भनिन्–‘हामी २ गोलले पछाडि हुँदा पनि गोल फर्कायौं, त्यसमा ५०–५० चान्स थियो जहाँ हामी चुक्यौं । समग्रमा भन्नुपर्दा हामीले धेरै कुराहरू सिक्ने मौका पायौं, हामीभन्दा माथिल्लो टिमसँग खेल्न पायौं । प्रशिक्षकले पनि हामीलाई धेरै फरक तरिकाले मोटिभेट गराइरहनुभएको थियो।’

नेपालको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि आफ्नो खेलाडीहरु प्रति गर्व लागेको बताएका थिए । साथै उनले नेपाली खेलाडीहरुमा राम्रो सम्भावना भएको बताएका थिए ।

समूह एफमा नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० पराजित गर्दै सानदार सुरुवात गरेको थियो । तर अन्तिम खेलमा उज्बेकिस्तानसँग भने नेपाललाई भाग्यले साथ दिएन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077