Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

यू-१६ टोलीको सफलता सम्पूर्ण नेपालीको गौरव, दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ : राष्ट्रपति

यू-१६ टोलीको सफलता सम्पूर्ण नेपालीको गौरव, दक्ष खेलाडी उत्पादनमा ध्यान दिनुपर्छ : राष्ट्रपति

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली युवामा बढ्दो क्रिकेटप्रतिको आकर्षण र पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा देखिएको उल्लेखनीय सफलतालाई प्रशंसायोग्य भनेका छन् ।

एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा विजयी नेपाली टोलीलाई शीतल निवासमा बधाई तथा सम्मान गर्दै राष्ट्रपति पौडेलले क्रिकेटमा देखिएको यो सफलता खेलाडीहरूको कठोर परिश्रम, समर्पण र लगावको नतिजा भएको स्पष्ट पारेका हुन् ।

सिंगापुरसँगको रोमाञ्चक फाइनल जित्दै उपाधि हात पारेको नेपाली टोलीले मुलुकको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा थप उचो बनाएको बताउँदै उनले भने, “यस जितले नेपाल र नेपालीको इज्जत, प्रतिष्ठा बढाएको छ।”

राष्ट्रपति पौडेलले परम्परागत खेलहरूलाई पनि परिष्कृत गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउन सके राष्ट्रको पहिचान अझ फराकिलो हुने धारणा व्यक्त गरे।

साथै, उनले खेलकुदका लागि आवश्यक पूर्वाधार विकास, प्रशिक्षण र प्रतिस्पर्धाका अवसरहरू विस्तार गर्न सरकार तथा सरोकारवाला निकायको ध्यान जानुपर्ने बताए।

उनले दक्ष खेलाडी उत्पादन गर्न रणनीतिक लगानी र दीर्घकालीन योजना आवश्यक भएको उल्लेख गर्दै राष्ट्रको गौरव बढाउन युवा खेलाडीहरूलाई प्रेरणा र सहयोग आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077