Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

भिजिट भिसा काण्डमा प्रधानमन्त्रीदेखि कर्मचारीसम्म संलग्न छन्, उच्चस्तरीय छानबिन होस् : राप्रपा

भिजिट भिसा काण्डमा प्रधानमन्त्रीदेखि कर्मचारीसम्म संलग्न छन्, उच्चस्तरीय छानबिन होस् : राप्रपा

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा प्रधानमन्त्रीदेखि तल्लो तहको कर्मचारी मुछिएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले यस्तो अरोप लगाएका हुन् ।

उनले संसदीय छानबिन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताए । भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म राप्रपाले संसद् बहिष्कार गर्ने उनको भनाइ छ ।

उनले भने, ‘अन्य विषयहरुमा जस्तै भिजिट भिसा प्रकरणको लागि भिजिट भिसा प्रकरणको अनुसन्धानको लागि पनि छानविन समिति गठन होस् भन्ने माग राख्न चाहन्छु । यदी भएन भने आज पनि राप्रपाले सदन बहिस्कार गर्नेछ ।'

उनले सरकारले दुई तिहाइको आडमा सदन चलाउन खोजिएको भन्दै आपत्ति पनि जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077