काठमाडौं । त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि गठित छनोट समितिले प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको खुलेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त नेतृत्वको समितिले आइतबार टुंगो लगाएका उनीहरुको नाम विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएको हो ।
अब प्रधानमन्त्री ओलीले सिफारिस भएका यी तीनमध्ये एक जनालाई त्रिविको नयाँ उपकुलपतिमा नियुक्त गर्नेछन्।
चार वर्षे कार्यकालका लागि नियुक्त भएका निवर्तमान उपकुलपति केशरजंग बरालले १३ महिनामै गत चैत १५ गते राजीनामा दिएपछि त्रिविमा नयाँ उपकुलपतिको खोजी सुरु भएको थियो ।