Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

बन्दुक बोकेर देश र जनताको सेवा गर्न आएका प्रहरीलाई नेताको नोकर बनाउनु अमानवीय : प्रभु साह

बन्दुक बोकेर देश र जनताको सेवा गर्न आएका प्रहरीलाई नेताको नोकर बनाउनु अमानवीय : प्रभु साह

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरूलाई नेताहरू र उच्च पदस्थ अधिकारीहरूको निजी सेवकझैं प्रयोग गरिएको भन्दै संसदमा तीव्र आपत्ति जनाएका छन् ।

सोमबारको संसद बैठकमा बोल्दै सांसद साहले बन्दुक बोकेर देश र जनताको सेवा गर्न आएका सिपाहीहरूलाई नेताको घरमा घरेलु कामदार बनाइनु अमानवीय र आपत्तिजनक भनेका हुन् ।

“देशको सुरक्षाका लागि खटिएका प्रहरी जवानहरूलाई नेताहरूको गाडी चलाउने, घर सफा गर्ने, पानी तान्ने काममा लगाउने कत्तिको उचित हो ?” उनले प्रश्न गरे।

साहले प्रहरीको डिआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीको घरमा समेत प्रहरी जवानहरूलाई निजी सेवामा लगाइएको उल्लेख गर्दै त्यसबारे गम्भीर छानबिन हुनुपर्ने माग गरे। साथै, उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै प्रश्न गरे, “तपाईंको कमाण्डमा सुरक्षाकर्मी छन् कि छैनन् ?”

सांसद साहले सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिहरूको घरको सिसीटिभी फुटेज समेत परीक्षण गर्न सुझाव दिँदै प्रहरी जवानहरूको दुरुपयोग सम्बन्धमा छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे।

उनले भने, “यो विषय सामान्य होइन। जुन उद्देश्यले सिपाहीहरू सुरक्षा निकायमा आएका हुन्, उनीहरूलाई चाकडीमा लगाइनु व्यवस्थामै ठूलो विसंगति हो। त्यसैले तत्काल छानबिन थालिनुपर्छ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077