Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

भगवान् राम नेपालमै जन्मिएका हुन्, साँचो बोल्न डराउन हुन्न : प्रधानमन्त्री ओली

भगवान् राम नेपालमै जन्मिएका हुन्, साँचो बोल्न डराउन हुन्न : प्रधानमन्त्री ओली

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मस्थल नेपालको भूभागमा पर्छ भन्ने आफ्नो अघिल्लो दाबीलाई पुनः दोहोर्‍याएका छन् ।

नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले भगवान् राम नेपालमै जन्मिएको दाबी गरेका हुन् ।

उनले ऐतिहासिक तथ्यका आधारमा सत्य कुरा बोल्दा ‘को रिसाउँछ’ भनेर डराउनु नपर्ने तर्कसमेत गरे । उनले धार्मिक र ऐतिहासिक गाथाहरूलाई आधुनिक नेपालको पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्ने आवश्यकता औंल्याए।

“हामी पर्यटनको कुरा गर्छौं, तर राम नेपालमा जन्मिएको भन्न हिचकिचाउँछौं। को रिसाउँछ कि भनेर सत्य कुरा बोल्न डराउँछौं,” ओलीले भने, “राम जन्मिएको ठाउँ अहिलेको नेपालको भूभागमा पर्छ। त्यो म बनाएको कथा होइन, रामायणमै उल्लेख छ।”

प्रधानमन्त्री ओलीले वाल्मीकि रामायणको प्रसंग उद्धृत गर्दै विश्वामित्र ऋषिले कोशी नदी पार गरेर ल्याएर राम र लक्ष्मणलाई नेपाली भूभागमै शिक्षा दिएको उल्लेख गरे। “कोशीको किनारमा बस्ने भएकाले उहाँलाई कौशिक भनिएको हो,” उनले भने, “मैले रामायण लेखेको होइन, त्यहाँ स्पष्ट छ।”

उनले शिव, विश्वामित्र र कौशिक ऋषिसमेत नेपालकै भएको दाबी गर्दै नेपाल धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त धनी मुलुक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077