काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी नभएको बताएको छ ।
माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै पार्टीले वाम एकताका लागि एमाले कुनै प्रस्ताव नगरेको बताएको छन् ।
समाचारमा उल्लेख भएजस्तो पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई हाम्रो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भेटेर एमालेसहितको वाम एकताको प्रस्ताव राखेको कुरामा सत्यता नभएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ–‘हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौ । साथै समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन ।’
‘एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी र समाजवादी मोर्चामा रहेका घटकहरुसँग एकताको बारेमा छलफल भइरहे पनि एमालेसँग एकताको चर्चा पनि चलेको छैन ।’– विज्ञप्तिमा थप भनिएको छ ।