Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कांग्रेस भएकै कारण भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुँदैन : गगन थापा

कांग्रेस भएकै कारण भ्रष्टाचारीले उन्मुक्ति पाउनु हुँदैन : गगन थापा

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारीको जात, धर्म पार्टी केही पनि नहुने बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सोमबार महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले भ्रष्टाचारी केवल भ्रष्टाचारी मात्र हुने भन्दै उसले कुनै पार्टीको हुँदैमा उन्मुक्ति पाउनु नहुने बताए ।

“कानुनी शासनमा विश्वास गर्ने हामीहरूले कोही निर्दोष पर्न हुँदैन, दोषी कोही छुट्नुहुँदैन भन्नुपर्‍यो,” महामन्त्री थापाले भने, “दोषी छ भने पनि कांग्रेस भएकै कारणले उसले उन्मुक्ति पाउनु हुँदैन ।”

जारी केन्द्रीय समिति बैठकमा टेरामक्स प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर २५ लाख धरौटीमा छुटेका मोहनबहादुर बस्नेतले आफूलाई फसाउन गगन थापाको भूमिका रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077