काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'रिटायरमेन्ट' आफ्नो मर्जीको कुरा भएको बताएका छन् ।
केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रिटायरमेन्टको कुरा उठाउँदै धन्यवाद भनेपछि देउवाले यस्तो बताएका हुन् ।
‘म के गर्छु भन्ने मेरो कुरा हो । मलाई कसैले भनेर पनि मैले गर्ने होइन क्यारे,’ विश्वप्रकाशलाई जवाफ दिँदै देउवाले भने, ‘म अप्ठ्यारो मान्छे हो नि विचार गर्नुस् ।’
देउवाले केहीदिन अघि अब आफूले रिटायरमेन्ट लिने बेला भएको बताएका थिए ।