Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

संविधान संशोधन गर्न कार्यदल गठन गर्ने कांग्रेसको निर्णय

संविधान संशोधन गर्न कार्यदल गठन गर्ने कांग्रेसको निर्णय

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनको खाका तयार पार्न पार्टीभित्र कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

पार्टीको गत असार १६ गतेदेखि जारी केन्द्रीय समितिको बैठकबाट कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकको समापनअघि महामन्त्री विश्वप्रकाश शर्माले पार्टी निर्णय वाचन गरेर सुनाए ।

नेपाली कांग्रेसको असार १६ देखि २३ गतेसम्म भएको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै यसका सवल पक्ष र दुर्वल पक्षको पहिचान गर्दै संविधानमा आवश्यक संशोधनलाई सार्थक निष्कर्षमा पुग्न आन्तरिक कार्यदल गठन गर्ने बताए ।

उनका अनुसार संविधान संशोधनका लागि नेपाली कांग्रेस संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य, नागरिक समाज र सरोकारवालाहरूसँग पनि परामर्श गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077