Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

साथीहरु बैठकको सबै कुरा बाहिर बोलिहाल्नुहुन्छ, अबदेखि बैठक लाइभ गरौँ : देउवा

साथीहरु बैठकको सबै कुरा बाहिर बोलिहाल्नुहुन्छ, अबदेखि बैठक लाइभ गरौँ : देउवा

सोमवार , आषाढ २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबदेखि केन्द्रीय समितिको बैठक लाइभ गर्न प्रस्ताव गरेका छन् ।

केन्द्रीय समिति बैठकको समापन गर्दै सोमबार देउवाले सबै कुरा बाहिरिएको भन्दै बैठक लाइभ गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

‘लाइभ नगरे पनि सबै कुरा बाहिर गएकै छ,’ देउवाले समापनमा भने, ‘त्यसैले अर्को बैठकदेखि लाइभ गनुपर्ने भयो ।’

कांग्रेसले २०८० साउनमा बसेको केन्द्रीय समितिको बैठक लाइभ गरेको थियो ।

बैठक लाइभ गर्न प्राविधिक झन्झट भएको, लागत धेरै लागेको, नेताहरूले निर्धक्क बोल्न नपाएको भन्दै स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077