Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयकमाथि छलफल हुने

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयकमाथि छलफल हुने

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित विषयमा सम्बन्धित मन्त्रीले मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधानहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

बैठकमा राष्ट्रियसभाका अध्यक्षले पूर्व प्रतिनिधिसभा सदस्य गोविन्दप्रसाद शर्मा र संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077