Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको विपद्‌प्रति गम्भीर चासो, सरकार ‘हाई अलर्ट’मा

प्रधानमन्त्री ओलीको विपद्‌प्रति गम्भीर चासो, सरकार ‘हाई अलर्ट’मा

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर जारी अविरल वर्षा, बाढी र पहिरोले निम्त्याएको विपद्‌प्रति गम्भीर चासो व्यक्त गर्दै सरकार उद्धार, राहत र प्रतिकार्यका लागि ‘हाई अलर्ट’मा रहेको स्पष्ट पारेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फतप्रधानमन्त्री ओलीले विपद् व्यवस्थापनमा संलग्न सबै सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखिएको जानकारी दिएका हुन् ।

“मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ‘हाई अलर्ट’मा राखेको छ,” उनले भनेका छन्, “सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक साधन र उपकरणसहित तैनाथ छन् र आफ्नो जिम्मेवारीमा सक्रिय रूपमा खटिरहेका छन्।”

प्रधानमन्त्री ओलीले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिइएको उल्लेख गर्दै जोखिममा रहेका क्षेत्रहरूमा खटिएका सुरक्षाकर्मीहरूसँग समन्वय गर्न आम जनतालाई आग्रह गरेका छन्।

उनले विपद् सम्भावित क्षेत्रका नागरिकहरूलाई सतर्क रहन, जोखिमयुक्त स्थानमा नजान र सुरक्षानिकायहरूसँग नियमित सम्पर्कमा रहन अपिलसमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077