काठमाडौं । संसद बैठक सुरू भएको छ । रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा) सांसदहरूले संसद बैठक बहिस्कार गरेका छन् ।
बैठकको सुरूमै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले सहकारी ठगीका नाइके जीबी राई कहाँ छन् ? भन्दै प्रश्न गरेका छन् ।
मंगलबारको बैठकमा प्रमुख सचेतक शाहीले सहकारीमा धेरै जनताको पैसा डुबेको भन्दै राईलाई खोज्न माग गरे ।
उनले भने–‘झण्डै ७३ लाख ८१ हजार जनताको पैसा ठगी भएको छ सहकारीमा । राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो । यो खोजी कार्य जारी गर्न पर्यो ?’
शाहीले पार्टी प्रतिपक्षमा हुँदा जीवीलाई पक्रेर ल्याउँछु भन्ने अहिलेका गृहमन्त्री कहाँ छन् ? भन्दै प्रश्न पनि गरे ।
उनले भने–‘हिजो प्रतिपक्षमा हुँदा जीवी राई पक्रेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नु भएको छ । राईलाई कहाँ लुकाएर राख्नुभएको छ ?’
आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले संसद बैठक बहिस्कार गरेको छ ।