Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

प्रधानमन्त्रीसँग स्पेन गएकाहरू फर्किएनन् : सोबिता गौतम

प्रधानमन्त्रीसँग स्पेन गएकाहरू फर्किएनन् : सोबिता गौतम

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको स्पेनको कार्यक्रमको बहानामा गएका मानिसहरू नफर्किएको बताएकी छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले भनिन्–‘सम्माननीय प्रधानमन्त्री जानुभएको स्पेनको कार्यक्रममा समेत केही मानिसहरू कार्यक्रममा सहभागी हुने बहाना गरेर नफर्किएको भन्नेलगायतका समाचारहरू पनि आइरहेका छन्। व्यक्ति विशेष कसैप्रति पनि हाम्रो आरोप छैन तर यो विषय गम्भीर हो।’

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए।

स्पेनको सेभिल्लामा भएको ‘इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओली स्पेन गएर असार २० गते स्वदेश फर्किएका थिए।

रास्वपा सांसद गौतमले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने बताइन्।

उनले भनिन्–‘हाम्रो माग सम्बोधन गर्ने चौडा छाती सरकारसँग रहेनछ, त्यसकारण हामी विरोध स्वरूप आज पनि यो संसद बहिष्कार गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077