Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

डीआईजी बिकको निर्देशन – ईमानदार, जिम्मेवार र त्रुटीरहित सेवामा लाग्नुस्

डीआईजी बिकको निर्देशन – ईमानदार, जिम्मेवार र त्रुटीरहित सेवामा लाग्नुस्

मंगलवार , आषाढ २४, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा मंगलबार एक विशेष कार्यक्रमका बीच हालै बढुवा भएका प्रहरी हवल्दार तथा प्रहरी सहायक हवल्दारहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको असार २३ गतेको निर्णय अनुसार पदोन्नति भएका प्रहरी हवल्दार तथा सहायक हवल्दारहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिकले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

प्रहरी हवल्दार पदमा बढुवा हुनेमा मनोज राम महर, ललित बहादुर सिंह, अशोक कुमार अधिकारी, पूजा कुमारी बोकटी, दिपेन्द्र बहादुर भण्डारी, बिरेन्द्र सिंह धामी लगायत तथा प्रहरी सहायक हवल्दारमा बढुवा हुनेमा जुग राम चौधरी, मिना पनेरु, मोहन सिंह सावद, बामदेव जोशी, अर्जुन महरा, अर्जुन दत्त भट्ट, बाबुराम चौधरी गरी कुल १३ जना प्रहरी सहभागी थिए ।

उक्त अवसरमा बोल्दै प्रदेश प्रहरी प्रमुख डीआईजी बिकले पदोन्नति भएकोमा सम्पूर्ण प्रहरी सदस्यलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

उनले पदोन्नतीसँगै जिम्मेवारी पनि बढेकोले कार्यक्षेत्रमा जिम्मेवार भएर ईमान्दारीपुर्वक व्यवसायिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै राष्ट्र, संगठन र जनता प्रति उत्तरदायी हुँदै त्रुटीरहित ढंगबाट कार्यसम्पादन गर्न समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077