Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

आज पनि ओरालो लाग्यो नेप्से, कारोबार ६ अर्बमा झर्यो

आज पनि ओरालो लाग्यो नेप्से, कारोबार ६ अर्बमा झर्यो

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। आज नेप्से परिसूचक ०.१४ अंकले घटेर २६८३.८६ विन्दुमा अडिएको हो।

अघिल्लो दिन सोमबार नेप्से परिसूचक २२.३५ अंकले घटेर २६८४.०१ विन्दुमा पुगेको थियो। साताको पहिलो कारोबार दिन आइतबार एकल अंकले बढेर २७ सय विन्दुमा उक्लिएको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३०४ स्क्रिप्सको १ करोड ५० लाख २७ हजार ३७३ कित्ता सेयर ६ अर्ब ५७ करोड ४१ लाख ६६ हजार ८१४ रुपैयाँमा खरिदबिक्री भए।सोमबार ८ अर्ब ३७ करोडको सेयर कारोबार भएको थियो।

सेयर बजार सामान्य अंकले घटेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

बुटवल पावरको सेयर सर्वाधिक ८.२१ प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५१ करोड ६७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

बुटवल पावरको ४१ करोडको सेयर कारोबार हुँदा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ४१ करोड,लक्ष्मी सनराइज बैंक प्रोमोटरको २४ करोड र राधी विद्युतको २३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये १३३ स्टक्सको मूल्य बढ्दा ११५ वटाको घट्यो। सात समूहको उपसूचक बढ्दा अन्यको घट्यो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077