Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र जर्मनीका विदेशमन्त्रीबिच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र जर्मनीका विदेशमन्त्रीबिच भेटवार्ता

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलबिच आज द्विपक्षीय भेटवार्ता भएको छ ।

जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको हो।

त्यस अवसरमा मन्त्री राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारहरूमध्ये एक रहेको तथा आर्थिक,सामाजिकलगायतका क्षेत्रमा नेपालले जर्मनीको सहयोग प्राप्त गर्दै आएको स्मरण गर्दै जर्मनी सरकार एवं जर्मन नागरिकहरूप्रति धन्यवाद ज्ञापन गरिन्।

मन्त्री राणाले नेपाल र जर्मनीबिचको द्विपक्षीय व्यापार थप प्रवर्धन गर्न सामूहिक प्रयास एवं दुवै देशका निजी क्षेत्रबिचको सञ्जाललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखाना लगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077