काठमाडौं । संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई वटा समितिको बैठक बस्दैछ ।
बुधबार अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान १० बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने तयारी छ ।