Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर

रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले जलवायु परिवर्तन, जैविक स्रोतहरूको ह्रास, रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले कृषि प्रणाली र खाद्य सुरक्षामा दीर्घकालीन असर परेको बताए ।

उनले भने–हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति संवेदनशील भएकोले अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, पर्याावरण अनुकूलन प्रवर्द्धन र नवीन कृषि प्रणालीमा ध्यान दिनुपर्छ ।’

मन्त्री अधिकारीले थपे, ‘कृषिमा हरित लगानी बढाउने, नवीकरणीय ऊर्जा, जल व्यवस्थापनमा अब संसद र सरकारको साझा सोच हुनुपर्छ र त्यो साझेदारीमा युवा नेतृत्वसँग मिलेर अघि बढ्नुपर्नेछ ।’

उनले आगामी नीति, बजेट र कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077