Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

भूमि विधेयक संसदको कार्यसूचीबाट हट्नै पर्छ : कांग्रेस

भूमि विधेयक संसदको कार्यसूचीबाट हट्नै पर्छ : कांग्रेस

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसले भूमि विधेयक आजको संसदको कार्यसूचीबाट हटाउन माग गरेको छ ।

कांग्रेस नेताहरूले भूमि विधेयकमा थप छलफलको आवश्यकता रहेको उल्लेख गर्दै पुनः समितिमा पठाउनुपर्ने माग गरेका छन् ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले भूमि विधेयकमा थप छलफल आवश्यक रहेकाले आजको कार्यसूचीबाट हट्ने दाबी नै गरेका छन् ।

भूमि विधेयक जबरजस्ती पारित गर्न खोजिए मान्य नहुने कांग्रेस नेताहरूले बताएका छन् । भूमि विधेयकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियारसहित कांग्रेस सांसदहरू दिलेन्द्रप्रसाद बडु, सञ्जय गौतम, राजन केसी लगायत १२ जनाले संशोधन प्रस्ताव पेश गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका कांग्रेस सांसद रामहरि खतिवडाले पनि कार्यसूचीबाट हट्नैपर्ने बताए ।

महामन्त्री विश्वप्रकाश शर्माले पनि संसद सचिवालयले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित गर्ने गरी संसदको कार्यसूचीमा राखेपछि आपत्ति जनाएका छन् ।

पर्याप्त गृहकार्य नगरी सोझै पारित गर्नेगरी संसदमा प्रस्तुत हुन लागेको भन्दै उनले विमति राखेका हुन् ।

पूर्व सहमति खोज्नुपर्ने वा थप छलफलका लागि समितिमै विधेयकलाई पठाउन सकिने विकल्प उनले सुझाएका छन् ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077