Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

होस्टलमा बसेका युवकको कोठाबाट पेस्तोल बरामद

होस्टलमा बसेका युवकको कोठाबाट पेस्तोल बरामद

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । प्रहरीलले दाङमा एक युवकको साथबाट अवैध पेस्तोल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय, दाङका डीएसपी चक्रबहादुर शाहका अनुसार गोर्खा सैनिक भर्नाका लागि अभ्यास गराउने लोटर ट्रेनिङ सेन्टरको होस्टलमा बसेका १९ वर्षीय अजय विकको साथबाट पेस्तोल बरामद भएको हो ।

विकलेअवैध हतियार र गोली लुकाएर राखेको सूचना पाएपछि खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी टोलीले उनी सुत्ने खाटमुनि कालो रंगको झोलामा ०.३२ पेस्तोल, त्यसमा लाग्ने ४ वटा गोली र म्याग्जिन समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077