Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

सत्ता साझेदार दलकै सांसदहरुको दबाबका कारण प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइयो भूमि विधेयक

सत्ता साझेदार दलकै सांसदहरुको दबाबका कारण प्रतिनिधिसभाको कार्यसूचीबाट हटाइयो भूमि विधेयक

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठकको आजको कार्यसूचीबाट भूमि विधेयक पारित गर्ने भनिए पनि त्यसलाई हटाइएको छ।

यसअघि संसद् सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा राखिएको थियो।

विधेयकबारे सत्ता साझेदार दल नेपाली कांग्रेसले नै विरोध जनाएपछि भूमि विधेयक पारित गर्नबाट सरकार पछि हटेको छ।

आजको बैठकमा भूमिसम्बन्धी विधेयकमाथि दफावार छलफलका लागि पेस गर्ने संभावित कार्यसूची थियो।

यसबारे कांग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्मालगायतका सांसदहरुले बुधबार बिहानै भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक प्रतिनिधि सभाको कार्यसूचीबाट हटाउन माग गरेका थिए।

शर्माले विधेयक संशोधन गर्नै बा‍ँकी रहेको र यसका लागि सबैको सहमति चाहिने भन्दै आजको कार्यसूचीबाट हटाउन भनेका थिए।

यता नेकपा माओवादी केन्द्रले पनि उक्त विधेयक समितिमै छलफल गर्न आवश्यक रहेको र त्यसपछिमात्रै सदनमा पेस गर्नुपर्ने बताएको थियो ।

यसअघि पनि सरकारले भूमिसम्बन्धी अध्यादेश नै ल्याएको थियो। तर जनता समाजवादी पार्टीको असन्तुष्टिबीच सरकारले उक्त अध्यादेश फिर्ता लिएको थियो।

कांग्रेसका महामन्त्रीहरू गगनकुमार थापा र शर्मालगायतले हदबन्दीभन्दा बढी जग्गा भएका उद्योगका जग्गामा व्यवसाय गर्न, बेचबिखन गर्न रोक्नुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077